रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराध मुद्दा दर्ता हुँदै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गरिने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ५ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ।

सूर्यदर्शन सहकारी प्रकरण

पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। बाँकी प्रतिवादीहरू विरुद्धको मुद्दा आज दर्ता हुने बताइएको छ।

फरार प्रतिवादी र बिगो रकम

शुक्रवार दर्ता गरिएका १९ जना प्रतिवादी सबै फरार रहेको जनाइएको छ। उनीहरूमाथि १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो कायम गरिएको छ। यसअघि दर्ता गरिएको अभियोग पत्रमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ मागदाबी गरिएको थियो।

प्रमुख आरोपहरू

  • सहकारी ठगी
  • सङ्गठित अपराध
  • सम्पत्ति शुद्धीकरण
  • राष्ट्र बैंक कसुर (जीबी राईमाथि थपिएको)

जसमा १६ जनालाई सहकारी दफामात्रै थप गरिएको छ भने २ जनालाई सङ्गठित अपराध र जीबी राईलाई सहकारी ठगीसहित अन्य गम्भीर मुद्दाहरू दर्ता गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले यो प्रकरणलाई प्राथमिकताका साथ अघि बढाइरहेको र फरार प्रतिवादीहरूलाई पक्रेर न्यायिक प्रक्रियामा ल्याउने योजना बनाइरहेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै