संख्यामा होइन, गुणस्तरमा केन्द्रित होमस्टे आवश्यक : पर्यटन मन्त्री पाण्डे

काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सुदूरपश्चिम प्रदेशलाई प्रमुख पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने बताएका छन्। सुदूरपश्चिम प्रदेशको होमस्टे कार्यशाला गोष्ठीमा भिडियो कन्फरेन्समार्फत सहभागी हुँदै मन्त्री पाण्डेले कैलालीको भादा थारू सामुदायिक होमस्टे उद्घाटनका क्रममा यस्तो धारणा राखेका हुन्।

‘दिगो होमस्टे पर्यटन : आन्तरिक सुशासन’ भन्ने मूल नारासहित संस्कृति मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समितिको आयोजनामा सो कार्यशाला गोष्ठी भएको हो।

गोष्ठीमा मन्त्री पाण्डेले गाउँवस्ती, रहनसहन, चालचलन, भाषा र संस्कृतिको संरक्षण गर्न सके मात्र पर्यटक आकर्षित गर्न सकिने बताए। प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण सुदूरपश्चिम प्रदेश पर्यटनका लागि उपयुक्त गन्तव्य भएको भन्दै उनले यस क्षेत्रलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्नेमा जोड दिए।

पछिल्लो समय ग्रामिण क्षेत्रमा होमस्टेले आर्थिक उपार्जनमा योगदान दिइरहेको उल्लेख गर्दै उनले संख्यात्मक वृद्धिभन्दा गुणात्मक पक्ष र स्थानीय आम्दानीमा केन्द्रित हुन आग्रह गरे। उनले बजेट निर्माणको चापका कारण कार्यक्रममा भौतिक उपस्थित हुन नसकेको समेत जानकारी दिए।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै