डिस्कभरी माध्यमिक विद्यालयमा व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न

धनगढी–८ कान्तिपुर टोलस्थित डिस्कभरी माध्यमिक विद्यालयमा असोज १ गतेदेखि ७ गतेसम्म राधाकृष्ण मिडिया नेटवर्क प्रा.ली.को समन्वयमा आयोजित एक हप्ते व्यक्तित्व विकास तथा उद्घोषण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

यस तालिममा ४३ जना शिक्षक तथा शिक्षिकाको सक्रिय सहभागिता रहेको थियो। तालिमले शिक्षकहरूको व्यक्तित्व विकासमा उल्लेखनीय योगदान पुर्‍याउनुका साथै शिक्षण पद्धतिमा अझ स्पष्टता र प्रभावकारिता ल्याउने विश्वास विद्यालयले लिएको छ।

एक साताको तालिमपछि उद्घोषण शैली र आत्मविश्वासमा आएको सकारात्मक परिवर्तन देख्दा अत्यन्त हर्षित भएको विद्यालयका प्रधानाध्यापक योगेन्द्र सिंहले बताए।

यसअघि पनि डिस्कभरी माध्यमिक विद्यालयले आफ्ना शिक्षक–शिक्षिकाका लागि विभिन्न खालका तालिमहरू आयोजना गर्दै आएको छ र भविष्यमा पनि यस्ता अवसरहरू निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै