धनगढीको जेन्जी मार्गमा हरेक शनिवार भजन किर्तन हुने

धनगढी । धनगढीको जेन्जी मार्गमा हरेक शनिवार साँझ भजन किर्तन हुने भएको छ। आजदेखि सुरु हुने यस कार्यक्रमलाई धनगढीका युवाहरूले निरन्तरता दिने बताएका छन्।

धनगढी उपमहानगरपालिकाले हालसालै भएको जेन्जी आन्दोलनको सम्मानस्वरूप पार्क चोकदेखि कभर्डहल सडकसम्मको क्षेत्रमा “जेन्जी मार्ग” नामाकरण गरेको थियो।

युवाहरूले सकारात्मक सोच र सामाजिक सद्भाव जगाउनका लागि सातामा एक दिन भजन किर्तन गर्ने निर्णय गरेको बताएका छन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै