
कैलाली । लोकतान्त्रिक निर्माण व्यवसायी संघ कंचनपुरको प्रथम जिल्ला भेला तथा अधिवेशनले प्रेम प्रकाश भट्टको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ।
नेपाली कांग्रेस कंचनपुरका सभापति एवं भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको आतिथ्यमा सम्पन्न भेलाले भट्ट नेतृत्वको कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्ष हरि प्रसाद भट्ट र योगेन्द्र ठकुराठी, महासचिव लक्ष्मण दत्त लेखक, उपमहासचिवद्वय सुर्य बहादुर चन्द र दीपक भट्ट, कोषाध्यक्ष बृज किशोर चन्द, तथा सहकोषाध्यक्ष यज्ञ राज बैध रहेका छन्।
त्यसैगरी सदस्यहरूमा दिल बहादुर सिंह, बिष्णु बहादुर सिंह, निर्मला भट्ट, अहिल्या बोहरा, पदमराज भट्ट, चित्र बहादुर कार्की, तारा सिंह ऐर र मनिष बोहरा निर्वाचित भएका छन्। निर्वाचन अधिकृत लोक बहादुर ठकुराठीले परिणाम सार्वजनिक गरेका हुन्।
कार्यक्रममा नेपाली कांग्रेस कंचनपुरका सचिव भीम भट्ट, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रीय उपसंयोजक तथा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाश बहादुर सेठी, प्रदेश संयोजक मदन बहादुर कुँवर लगायत विशिष्ट अतिथिको उपस्थिति रहेको थियो।
त्यस्तै, कार्यक्रममा नेपाल निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य दिनेश सिंह, सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष कमलेश कपाडी, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जंग बहादुर मल्ल, लोकतान्त्रिक निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष निरञ्जन शाह र तरुण दलका केन्द्रीय सदस्य आशिष खत्री लगायत निर्माण व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।