
धनगढी । सुदूरपश्चिममा मनाइने मौलिक पर्व पुसे पन्ध्रको अवसरमा धनगढीमा रहेको गोठालोले आमाको माया छात्रावासका विद्यार्थीहरूलाई २७ स्विटर र २७ टोपी प्रदान गर्दै न्यानोपन हस्तान्तरण गरेको छ।
पुष महिनाको चिसोमा छात्रावासका विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राख्दै पुसे पन्ध्र पर्वको उपलक्ष्यमा यो सहयोग गरिएको गोठालोका सञ्चालकले जनाएका छन्।
धनगढी उपमहानगरपालिका–५, हसनपुरमा रहेको गोठालोले आफ्नै पहिलो शाखाबाट स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै कोदोको केक र कोदोका मम सञ्चालनमा ल्याएको छ। “सेवा बजारकै तरिका गोठालोको” भन्ने नारासहित गोठालोले ग्राहकहरूलाई १०० प्रतिशत क्यास ब्याक अफर पनि निरन्तर उपलब्ध गराउँदै आएको छ।
गोठालोमा उत्पादन गरिएका सबै केक शुद्ध भेज रहेको बताइएको छ। साथै, केकको खरिदसँगै ग्राहकहरूलाई दक्षिणा र शुभकामना कार्ड प्रदान गरिन्छ।