धनगढीमा नेपालकै पहिलो ग्रासरुट फुटबल कार्यक्रम सुरु

धनगढी । नेपालमै पहिलोपटक धनगढी उपमहानगरपालिकामा ग्रासरुट फुटबल कार्यक्रम सुरु गरिएको छ। नेपाल फुटबल संघ (एन्फा) कैलालीको सहकार्यमा उपमहानगरपालिकाले बुधबार वडा नम्बर ११ स्थित बहिरा आवासीय विद्यालयबाट कार्यक्रमको सुरुवात गरेको हो।

उक्त कार्यक्रम ठेकराज माध्यमिक विद्यालयका विद्यार्थीलाई समेत लक्षित गर्दै सञ्चालन गरिएको हो। एन्फाका ग्रासरुट संयोजक पंकज शाहीले धनगढी उपमहानगरपालिकाले नेपालमै पहिलोपटक यस्तो अभियान सुरु गरेको उल्लेख गर्दै यसले बालबालिकाको खेल क्षेत्रको विकासमा योगदान पुर्‍याउने बताए।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीका अनुसार ‘एक वडा, एक खेलमैदान’ योजनाअन्तर्गत ग्रासरुट फुटबल सुरु गरिएको हो। उनले ठेकराज माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन पनि यसले सहयोग गर्ने बताए।

त्यस्तै, उपमहानगरपालिकाले धनगढीका अन्य पाँच स्थानमा ग्रासरुट क्रिकेट पनि सञ्चालन गर्ने योजना बनाएको छ। वडा अध्यक्ष रुपबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले ग्रासरुट फुटबल अभियानले धनगढीबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै