दुर्गा भवानीको लोकप्रियता घटाउन निरन्तर षड्यन्त्र

धनगढी, कैलाली । नेपाल सरकारले सार्वजनिक यातायात क्षेत्रमा सिण्डिकेट प्रणाली पूर्ण रूपमा गैरकानुनी घोषणा गरेको भएपनि धनगढी देखि भारतको व्याङ्ग्लोरसम्म नियमित बस सेवा सञ्चालन गर्दै आएको दुर्गा भवानी टुर एण्ड ट्राभल्स प्रा.ली पछिल्लो समय अन्य प्रतिस्पर्धी यातायात व्यवसायीहरुको निरन्तर अवरोध र षड्यन्त्रको शिकार बनेको छ ।
यात्रुहरुलाई सस्तो, सुरक्षित र आरामदायी सेवा प्रदान गर्दै आएको दुर्गा भवानीको लोकप्रियता बढेपछि, अन्य व्यवसायीहरु यसको विरुद्धमा संगठित रूपमा लागिपरेका छन् ।
दुर्गा भवानी टुर एण्ड ट्राभल्सले अन्य व्यवसायीको तुलनामा सात सय भारु सस्तोमा सेवा प्रदान गर्दै आएको छ । यात्रुहरुलाई सस्तो, सुरक्षित र सुविधा सम्पन्न यात्रा गराउँदै आएको दुर्गा भवानीको दिन प्रतिदिन बढ्न लागेको लोकप्रियतालाई घटाउन केहि चर्को शुल्क असुल्दै आएका अन्य व्यवसायीहरुले बिभिन्न अबरोध सिर्जना गर्दै आएका छन् ।
सस्तोमा गुणस्तरीय सेवा दिइरहेको दुर्गा भवानीले यात्रुहरुको मन जितेका बेला भएपनि, प्रतिस्पर्धी व्यवसायीहरुले सिण्डिकेट कायम राख्न लगातार अवरोध गरिरहेको दुर्गा भवानी टुर एण्ड ट्राभल्स प्रा.लीका सञ्चालक दिपेन्द्र पुजाराले बताए ।
केही व्यवसायीहरुले नाकामा गाडी रोकेर यात्रुहरुलाई अनावश्यक दुःख दिने काम गरिरहेका छन् । भारतिय बस कम्पनीहरुसँग मिलेर दुर्गा भवानीका गाडीलाई बीच बाटोमै ’गाईब’ गरिदिने र यात्रुहरुलाई जबरजस्ती अन्य गाडी चढाउन दबाब दिने जस्ता कार्य समेत भइरहेका छन् । यात्रुहरुलाई मानसिक तनाव दिने, टिकट काट्न अवरोध गर्ने, र कम्पनीका कर्मचारीहरुलाई समेत धम्की दिने कार्यमा उनीहरु संलग्न भएको सञ्चालक सञ्चालक पुजाराले बताए ।
दुर्गा भवानी टुर एण्ड ट्राभल्सले पछिल्लो समय भइरहेको अवरोध र षड्यन्त्रप्रति सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय र यातायात व्यवस्था कार्यालयको ध्यानाकर्षण गराएको छ । व्यवसायिक प्रतिस्पर्धा स्वच्छ र निष्पक्ष हुनुपर्ने भन्दै कम्पनीले कानुनी संरक्षण र यात्रुहरुको स्वतन्त्रताको माग गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा कुनै समूह वा व्यक्तिले यातायात सेवामा एकाधिकार जमाउन नपाउने भनेर उल्लेख गरिएको भएपनि यातायात क्षेत्रमा अहिले सम्म कार्यान्वयन नहुँदा हजारौ यात्रुहरुमारमा पर्ने गरेका छन् ।
यातायात क्षेत्रभित्र व्याप्त अस्वस्थ प्रतिस्पर्धा, अवरोध र सिण्डिकेट प्रवृत्तिको अन्त्य गरी निष्पक्ष व्यवसायिक वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता बनेको छ । यात्रुहरुको सहजता र अधिकारको संरक्षणमा सम्बन्धित निकायको सक्रियता अपरिहार्य देखिन्छ ।

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै