धनगढी खुल्ला मञ्च व्यवस्थित गर्न ठेक्का आह्वान, २ करोडको संरचना निर्माण योजना

धनगढी, कैलाली — धनगढी उपमहानगरपालिकाले खुल्ला मञ्चको दक्षिण क्षेत्रलाई व्यवस्थित गर्न ठेक्का आह्वान गरेको छ। बालबालिका, जेष्ठ नागरिक र युवालाई लक्षित गर्दै खेलमैदान, मिलन क्षेत्र, खानाका स्टल, विश्राम स्थल लगायतका संरचना निर्माण गर्न एक महिनाको समयावधीसहित बोलपत्र आह्वान गरिएको हो।

महिला मैत्री सहर परियोजना र उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण कार्य हुने जनाइएको छ। परियोजनाको ७० प्रतिशत अर्थात् १ करोड ५० लाख र उपमहानगरपालिकाको ३० प्रतिशत अर्थात् ५० लाख रुपैयाँ लगानीमा भौतिक संरचना निर्माण गरिनेछ।

उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्षभित्रै माटो भरान, सडक निर्माण, शौचालय, विद्युत् बत्ती लगायतका पूर्वाधारसहित बालबालिकाका लागि खेल क्षेत्र, जेष्ठ नागरिक मिलन केन्द्र, युवालक्षित कार्यक्रम स्थल र महिलाहरूले रातिको समयमा पनि व्यापार गर्न सक्ने संरचना निर्माण सम्पन्न गरिनेछ।

वैशाख २६ गतेसम्म ठेक्का दर्ता गर्न सकिनेछ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै