आईसीसी विश्वकप लिग २: नेपाल आज नेदरल्याण्ड्ससँग भिड्दै, जितको लय कायम राख्ने लक्ष्य

काठमाडौं, २१ जेठ — स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग एकदिवसीय खेल खेल्दैछ। खेल नेपाली समयअनुसार अपरान्ह ३:४५ बजे डुन्डीमा सुरु हुनेछ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा स्कटल्याण्डलाई १ विकेटले हराउँदै शानदार सुरुआत गरेको थियो। सोही लयलाई कायम राख्ने लक्ष्यसाथ नेपाल नेदरल्याण्ड्सविरुद्ध मैदानमा उत्रनेछ।

नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म ओडिआईमा ५ पटक भेट भएको छ, जसमा नेपालले २ खेल जितेको छ भने नेदरल्याण्ड्सले ३ खेलमा जित हात पारेको छ। सन् २०१८ मा पहिलो पटक नेदरल्याण्ड्सविरुद्ध जित निकाल्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित दर्ता गरेको थियो।

गत वर्ष फेब्रुअरीमा कीर्तिपुरमा भएको दुई खेलको शृंखलामा दुवै टोलीले एक-एक खेल जितेका थिए। पछिल्लो पटक जिम्बाबेमा भएको विश्वकप छनोट खेलमा नेदरल्याण्ड्स विजयी भएको थियो।

हाल अंकतालिकामा नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने नेपालले १३ खेलमा जम्मा ८ अंक जोड्दै सातौं स्थानमा रहेको छ। आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण हुने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै