सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। प्रदेश सभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ प्रस्तुत गर्दा प्रतिपक्षी सांसदहरू मौन बसेका थिए, जसका कारण नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो।

नीति तथा कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री कमलबहादुर शाहले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए। उनले प्रदेश सरकारले सार्वजनिक गरेको चार बुँदे प्रतिबद्धतालाई आधार मानेर आगामी बजेट निर्माण गरिने स्पष्ट पारे। प्रतिबद्धताअनुसार प्रदेश सरकारले २५ लाख रुपैयाँभन्दा कमका योजना कार्यान्वयन नगर्ने र उपभोक्ता समितिमार्फत योजना नलगाइने बताए।

मुख्यमन्त्री शाहले सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा राखेका योजनामा बजेटको व्यवस्था गरिने जानकारी पनि दिए। साथै, उनले आउँदो आर्थिक वर्षभित्र प्रदेश राजधानीको टुंगो लगाउन संघीय सरकारसँग सहकार्य हुने बताएका छन्।

यद्यपि, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिपक्षी मात्र नभई सत्तापक्षका सांसदहरूले पनि आलोचना गरेका थिए।


सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै