लागुऔषध नियन्त्रणका लागि कैलाली प्रहरीले कार्यविधि निर्माण

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन कार्यविधि निर्माण गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त कार्यविधिबारे जानकारी गराउँदै प्रहरीले पत्रकारहरूसँग सुझाव समेत संकलन गरेको हो।

प्रहरीका अनुसार कार्यविधिमा गाउँटोलदेखि पालिका स्तरसम्म लागुऔषध दुर्व्यसनीमा फसेकाहरू र अभिभावकलाई लक्षित गरी ४ दिने अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना छ।

कार्यक्रममा करिब ९ लाख ७६ हजार रुपैयाँ खर्च हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए। ‘कार्यक्रम हामी सञ्चालन गर्छौं, खर्च भुक्तानी पालिकाले गर्ने हो,’ उनले भने। सहभागीहरूका लागि खान खर्च र भत्ताको व्यवस्था पनि रहने उनले बताए।

मनोचिकित्सकद्वारा परामर्श, सामूहिक प्रतिवद्धता, समिति गठन, भौतिक उपस्थितिमा पाठ्यक्रम निर्माण गरी परामर्श दिने लगायतका कार्यक्रम कार्यविधिमा समेटिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै