
कैलाली । लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब २० करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १५औँ नगरसभाको दोस्रो बैठकमा उपप्रमुख जुना चौधरीले बजेट प्रस्तुत गर्दै चालु खर्चका लागि ७६ करोड ७५ लाख र पुँजीगत खर्चका लागि ४४ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन्।
बजेटको स्रोत विवरण अनुसार, आन्तरिक आम्दानीबाट ४३ करोड ८७ लाख ६० हजार ८३२ रुपैयाँ, राजस्व बाँडफाँडबाट १८ करोड २१ लाख ६ हजार १६८ रुपैयाँ, संघीय सरकारबाट ५५ करोड २९ लाख रुपैयाँ र प्रदेश सरकारबाट ३ करोड ६१ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
नगरपालिकाले समावेशी र पूर्वाधारमैत्री योजनामार्फत बजेट खर्च गर्ने जनाएको छ। सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकासमा जोड दिँदै नगर क्षेत्रको समग्र रूपान्तरण गर्ने लक्ष्य बजेटमार्फत तय गरिएको छ।