धनगढी उपमहानगरको २ अर्ब ५६ करोडको बजेट पारित, १७.२२ प्रतिशतले वृद्धि

धनगढी, कैलाली । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ५६ करोड ४ लाख ६६ हजार रुपैयाँको बजेट पारित गरेको छ। उपमहानगरको नगरसभाबाट पारित उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा ३७ करोड ६२ लाख ३३ हजार ७८० रुपैयाँले, अर्थात् १७ दशमलव २२ प्रतिशतले बढी हो।

पारित बजेटअनुसार, १ अर्ब ३८ करोड २६ लाख ५१ हजार ६४० रुपैयाँ चालुतर्फ र १ अर्ब १८ करोड २९ लाख ३५ हजार २९२ रुपैयाँ पुँजीगत तर्फ विनियोजन गरिएको छ। कुल बजेटको ५३.८ प्रतिशत चालु खर्चमा र ४६.२ प्रतिशत पुँजीगत खर्चमा छुट्याइएको छ।

बजेटको स्रोत पक्षमा आन्तरिक आय ५४ करोड ७९ लाख ६७ हजार १११ रुपैयाँ रहने अनुमान गरिएको छ। राज्यश्व बाँडफाँडबाट ५७ करोड ६० लाख ६२ हजार १४३, संघीय सरकारबाट ९९ करोड ९ लाख, प्रदेश सरकारबाट ११ करोड २२ लाख ४१ हजार र मौज्दातबाट ३३ करोड ३२ लाख ९५ हजार ७४६ रुपैयाँ समेटिएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरले २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २२० रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ भने जेठ मसान्तसम्म १ अर्ब ८१ करोड ५ लाख ८४ हजार ७२२ रुपैयाँ खर्च गरिसकेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै