
धनगढी, । धनगढी उपमहानगरपालिका अन्तर्गत फूलवारी क्लस्टरका विद्यालयहरूले यस वर्षको एसईई परीक्षामा उत्साहजनक नतिजा हासिल गरेका छन्। क्लस्टरकै फूलवारी एकेडेमीका अभिनब चापागाई ३.९१ जिपिएसहित पहिलो स्थान ओगट्न सफल भएका छन्।
कुल ६ वटा माध्यमिक विद्यालय रहेको फूलवारी क्लस्टरबाट ११८ जनाले एसईई परीक्षा दिएका थिए। तीमध्ये ८४ जना अर्थात् ७१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
फूलवारी एकेडेमीबाट एसईई दिएका चापागाईसहित ८ जनाले ए प्लस ग्रेड ल्याएका छन्। एकेडेमीका सुस्मीता बोगटी,आयुस्मा पौडेल,आयुस अधिकारी,सलिना चौधरी,आरुस घिमिरे,रस्मी चापागाई र आसिका कार्कीले ए प्लस ग्रेड प्राप्त गरि एसईई उर्तिण गरेका छन् । सामुदायिक विद्यालयतर्फ सर्वोदय माविकी रोनिसा चौधरीले ३.६२ जिपिएसहित ए प्लस ग्रेड प्राप्त गरेकी छन्।
विद्यालयगत नतिजा हेर्दा सर्वोदय माविले शतप्रतिशत नतिजा ल्याउँदै पहिलो स्थान हात पारेको छ। विद्यालयबाट परीक्षा दिएका १५ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्। फूलवारी एकेडेमीले ९२ प्रतिशत सफलता हासिल गर्दै दोस्रो स्थानमा आएको छ जहाँ ३८ जना मध्ये ३५ जना उत्तीर्ण भएका छन्।
त्यस्तै चन्द्रोदय माविबाट ७ जनामध्ये ५ जना, पञ्चोदय माविबी गाउँबाट ९ मध्ये ६ जना, जनजागृति मावि डि गाउँबाट १९ मध्ये १० जना र फूलवारी माविबाट ३० मध्ये १३ जना विद्यार्थी उत्तीर्ण भएका छन्।