पहिलो प्रयासमै शैलेश्वरी बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

धनगढी ।धनगढी ५ जाई स्थीत शैलेश्वरी इङ्लिस बोर्डिङ स्कुल लेशैक्षिक क्षेत्रको एक नयाँ परिचय बनाउँदै, पहिलो एसईई प्रयासमै उत्कृष्ट नतिजा हासिल गरेर सबैको ध्यान खिच्न सफल भएको छ। विद्यालयले आफ्ना विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको योगदानको उच्च सम्मान गर्दै एक प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

शनिवार आयोजित विशेष कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं धनगढी उपमहानगरपालिकाका पूर्व मेयर नृप ओडको प्रमुख आतिथ्यतामा १४ जना उर्तिण विद्यार्थीहरू, शिक्षकहरू र अभिभावकहरूलाई सम्मान गरिएको हो। विद्यालयका प्रिन्सिपल जगन्नाथ जोराले छोटो समयमा विद्यालयले देखाएको प्रगतिलाई उल्लेख गर्दै भने, “शैलेश्वरी अब धनगढीका चर्चित स्कुलहरूभन्दा कम छैन भन्ने कुरा यस सफलताले पुष्टि गरिदिएको छ।”

१५ जना सहभागीमध्ये १४ जनाको सफलता र विद्यालयको प्रतिबद्धता शिक्षा प्रतिको समर्पणको प्रतिविम्ब हो। यसले एकतर्फ शैक्षिक संस्थाहरूलाई गुणस्तरीय शिक्षामा केन्द्रित हुन हौसला दिन्छ भने अर्कोतर्फ अभिभावक र विद्यार्थीहरूलाई सही रोजाइ र परिश्रमको महत्त्व बुझाउँछ।

शैलेश्वरी बोर्डिङ स्कुलको यो सफल यात्रा शिक्षा क्षेत्रमा सम्भावनाको नयाँ उज्यालो बनेर आएको छ। यो उदाहरणले देखाउँछ – जब इच्छाशक्ति, समर्पण र समन्वय एकसाथ आउँछन्, तब नयाँ संस्थाले पनि चमत्कारी परिणाम दिन सक्छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै