
धनगढी। प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको पाँचौं अडिसन आज सम्पन्न भएको छ।
चौथो अडिसन धनगढीको जुगेडामा अवश्थीत मिलन ईङ्लीस् बोडिङ्ग स्कुलमा आयोजना गरिएको हो । मिलन ईङ्लीस् बोडिङ्ग स्कुलमा सम्पन्न अडिसनबाट भिडियो राउण्डका लागि ४ जना प्रतिस्पर्धी विद्यार्थीहरुको छनोट गरिएको छ। गत तीन संस्करणको भव्य सफलतापछि सुरुभएको एसईई आइडलको चौथो संस्करणको सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछन् ।
यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् । यस सालको देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।
फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु। ७५–७५ हजार र रु। ३०–३० हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् । थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।