धनगढीका आगलागी पीडितको ध्यानाकर्षण: “अछामलाई राहत, हामीलाई विभेद?”

धनगढी । २०७९ मंसिर १ गते कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको नेपाल खाद्य तथा व्यापार केन्द्रमा एक्कासी भएको भीषण आगलागीबाट सारथी अस्पतालसहित ८ वटा व्यवसायहरू पूर्ण रूपमा ध्वस्त भएका थिए। करिब १४ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भए तापनि अहिलेसम्म कुनै सरकारी राहत वा क्षतिपूर्ति नपाएको पीडित व्यवसायीहरूले गुनासो गरेका छन्।

पीडितहरूका अनुसार, उनीहरूले बारम्बार प्रदेश सरकार र सम्बन्धित निकायहरूलाई क्षतिपूर्तिका लागि माग गरे पनि आवश्यक सुनुवाइ नभएको बताइएको छ। यता, सुदूरपश्चिम प्रदेश सरकारले २०८१ चैत २७ गते अछाममा भएको आगलागीका पीडितहरूलाई रु ५०० प्रति घर राहत दिने घोषणा गरेपछि धनगढीका पीडितहरूमा आक्रोश चुलिएको छ।

व्यवसायीहरूले आरोप लगाएका छन् कि प्रदेश सरकारले अछाम र धनगढीका पीडितहरूबीच विभेदपूर्ण व्यवहार गर्दै आएको छ। उनीहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहको दृष्टिकोण पनि पक्षपातपूर्ण रहेको भन्दै आपत्ति जनाएका छन्।

पीडितहरू कैलाली क्षेत्र नं. ५ (ख) का माननीय प्रतिनिधिमार्फत प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै आगामी प्रदेशसभा बैठकमा ‘धनगढीका पीडितहरूलाई किन राहत दिइएन?’ भन्ने प्रश्न उठाउन माग गरेका छन्।

ध्यानाकर्षण पत्रमा गौरी मल्ड, सारथी अस्पताल प्रा.लि.का वेदप्रकाश जाशी, भण्डारी सुज सेन्टरका दिलबहादुर भण्डारी, भट्ट सपिङ सेन्टरका वसुदेव भट्ट, मधुमाला बेबी कलेक्सनका टेकेन्द्र शर्मा, सुभिक्षा बेबी सपका जगतबहादुर बलायर, न्यु सुदिक्षा इन्टरप्राइजेजकी यसोदा साउद र भट्ट ट्रेड एण्ड सप्लायर्सका वसुदेव भट्टलगायतका व्यवसायीहरूले हस्ताक्षर गरेका छन्।

“सरकार सबै नागरिकप्रति समान होस्,” भन्छन् पीडित व्यवसायीहरू।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै