बडिमालिका शिक्षालयका एसपी विष्टसहित चार प्रहरी पुरस्कृत

धनगढी – सशस्त्र प्रहरी बलको बडिमालिका जवान तालिम शिक्षालय, बनबेहडामा कार्यरत चार जना सुरक्षाकर्मीलाई उत्कृष्ट कार्य सम्पादनको आधारमा सम्मान गरिएको छ।

शिक्षालयको २४औँ स्थापना दिवसको अवसरमा आयोजित औपचारिक समारोहमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) डम्बर बहादुर विष्टसहित सशस्त्र प्रहरी वरिष्ठ हवलदार शेर बहादुर कार्की, हवलदार चन्द्र बहादुर वली र सहायक हवलदार रामबहादुर कठायतलाई नगद पुरस्कार र प्रशंसा पत्रसहित पुरस्कृत गरिएको हो।

समारोहमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयका विभागीय प्रमुख, अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेल प्रमुख अतिथि थिए। उनले पुरस्कृत सुरक्षाकर्मीहरूलाई सम्मान गर्दै संगठनभित्र उत्कृष्ट कार्य प्रदर्शन गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताए।

सोही अवसरमा खेलकुद, हाजिरीजवाफ र दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य कर्मचारीहरूलाई समेत पुरस्कार प्रदान गरिएको थियो। साथै शिक्षालयलाई सहयोग गर्ने धनगढीका माया प्रकाश भट्ट, लालबहादुर धामी, सुनिल यादव, अनिल गोयल र गोदावरी नगरका चन्द्र बहादुर तिखातरीलाई कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी पौडेलले प्रविधिको विकाससँगै सुरक्षा चुनौतीहरू थप जटिल बन्दै गएको उल्लेख गर्दै सशस्त्र प्रहरी संगठनलाई आधुनिक प्रविधिसँग सुसज्जित बनाउनुपर्नेमा जोड दिए। उनले सुरक्षाकर्मीहरूलाई पेशागत आचरणअनुसार जिम्मेवार भएर कार्य गर्न निर्देशन पनि दिए।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै