ओभरलोडले पुल भाँसिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रूपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ।पूर्व नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर ८ चोरमारा बजारमा रहेको गिरुबारी पुल भासिएपछि यातायात अबरुद्ध भएको छ।

गयराती ९ बजेको समयमा ओभरलोड ट्रक बिच पुलमा पुग्दा पूर्वतर्फको भागमा भासिएपछि अबरुद्ध भएको हो।अहिले लामा तथा छोटा दुरीका सवारी साधनहरू अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

सडक अबरुद्ध भएपछि सवारी साधनहरू करिब ३ किलोमिटर दक्षिण रानीबारी हुँदै आवतजावत भएका छन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै