सुदूरपश्चिममा पुनः चल्न थाले सार्वजनिक गाडी, जनजीवन सामान्य बन्दै

धनगढी । दुई दिनसम्म ठप्प रहेको सुदूरपश्चिमको सार्वजनिक यातायात सेवा बुधबारदेखि सुचारु भएको छ। गण्डकी सरकारले राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि स्थगन गरेपछि सुदूरपश्चिममा सार्वजनिक सवारी साधन फेरि सञ्चालनमा आएका हुन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बुधबार बिहानैदेखि सार्वजनिक यातायात निर्वाध रूपमा चल्न थालेको छ। यातायात व्यवसायीहरूले १९ र २० गते सेवा बन्द गरेपछि यात्रुहरूलाई गन्तव्यसम्म पुग्न अप्ठ्यारो भएको थियो।

यातायात सञ्चालनमा आएसँगै जनजीवन फेरि सहज बन्दै गएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै