
काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।
अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको रोमाञ्चक फाइनल खेलमा पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै आरसीबीले आफ्नो पहिलो आईपीएल उपाधि उचालेको हो।
१९१ रनको लक्ष्य पछ्याएको पञ्जाब २० ओभरमा ७ विकेट गुमाएर १८४ रनमै सीमित भयो। जस इङ्लिसले पञ्जाबका लागि सर्वाधिक ३९ रन बनाए पनि जित दिलाउन सकेनन्।
यसअघि टस हारेर ब्याटिङ थालेको आरसीबीले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो। विराट कोहलीले सर्वाधिक ४२ रन बनाए भने अन्य ब्याट्सम्यानले पनि सन्तुलित योगदान दिए।
बलिङतर्फ पञ्जाबका काइल जेमिसन र अर्शदीप सिंहले समान ३ विकेट लिए।
आरसीबीको यस ऐतिहासिक जितसँगै टोलीले १६ औं संस्करणमा आफ्नो १६ वर्षको उपाधि पर्खाइ तोडेको छ।