फुलवारी बहुमुखी क्याम्पसमा ‘कानुन बुझौं, सुरक्षित बनौं’ कार्यक्रम सम्पन्न

फुलवारी । फुलवारी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा मिति जेठ २० गते ‘कानुन बुझौं, सुरक्षित बनौं’ शीर्षक अन्तर्गत एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। क्याम्पसको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न सामाजिक कुप्रथासँग सम्बन्धित कानुनी विषयमा विद्यार्थीहरूसँग खुला छलफल गरिएको थियो।

कार्यक्रमको सञ्चालन स्ववियु अध्यक्ष भुवन जोशीले गर्नु भएको थियो भने सहजीकरणको जिम्मेवारी अधिवक्ता धरम प्रकाश गिरीले लिएका थिए। कार्यक्रममा करिब ३५ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

छलफलका क्रममा घरेलु हिंसा, बालविवाह, बहुविवाह, जातीय विभेद, छुवाछुत, कानुनी सहायता तथा व्यक्तिगत घटना दर्ताजस्ता विषयमा व्यापक छलफल गरिएको थियो। साथै, समाजमा यस्ता घटनाहरू घट्दा समुदायको भूमिका, प्रचलित कानुन, दण्ड, जरिवाना र पीडितले पाउने सेवा-सुविधाका विषयमा समेत जानकारी दिइएको थियो।

झण्डै ३ घण्टा लामो छलफलमा विद्यार्थीहरूबीच सामाजिक न्याय र कानुनी सचेतनाको विषयमा जिज्ञासा उठाइ समाधान गरिएको थियो। कार्यक्रमले विद्यार्थीहरूमा कानुनी ज्ञान अभिवृद्धि गरी सुरक्षित समाज निर्माणमा टेवा पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै