गंगा दशहरामा बेहडाबाबा मन्दिरसम्म सुन्दर सुदूरपश्चिम यातायातको निशुल्क बस सेवा

धनगढी, कैलाली — गंगा दशहरा अवसरमा सुन्दर सुदूरपश्चिम यातायात प्रालिले श्रद्धालुहरूका लागि निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

प्रालिका अध्यक्ष पदमराज सापकोटाका अनुसार बिहीबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म धनगढीको क्याम्पस रोडदेखि बेहडाबाबा मन्दिरसम्म दुईवटा बसले यात्रुहरूलाई निःशुल्क सेवा दिनेछन्।

उनका अनुसार, अघिल्ला वर्षहरूझैँ यस वर्ष पनि दर्शनार्थीहरूको सहुलियतका लागि यस्तो सेवा सञ्चालन गरिन लागेको हो। “हामी सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवा कार्यक्रम गर्दै आएका छौं। यसपटकको बस सेवाले श्रद्धालुहरूलाई बेहडाबाबा मन्दिर दर्शन गर्न थप सहज बनाउनेछ,” सापकोटाले बताए।

गंगा दशहराका अवसरमा बेहडाबाबा मन्दिरमा दर्शनार्थीहरूको भिड हुने भएकाले यो सेवाले धेरैलाई राहत पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै