सुदुरपस्चिम प्रदेश स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कैलाली ३५ स्वर्ण सहित प्रथम

धनगढी: सुदुरपस्चिम प्रदेश स्तरीय १५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कैलाली जिल्ला ३५ स्वर्ण पदक सहित प्रथम भएको छ । धनगढी रंगशालामा आयोजित सुदुरपस्चिम प्रदेश स्तरीय १५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कैलाली जिल्ला प्रथम भएको हो । कैलालीले १२ रजत र १० कास्य पदक सहित २५ हजार नगद पुरस्कार तथा ट्रफी र मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा १७ स्वर्ण सहित कंचनपुर जिल्ला दोश्रो भएको छ । कंचनपुरले १२ रजत र ११ कास्य पदक जितेको छ । जिल्लाले नगद १५ हजार पुरस्कार सहित ट्रफी तथा मेडल प्राप्त गरेको छ । यस्तै ७ स्वर्ण सहित बझाङ जिल्लाले तेस्रो स्थान प्राप्त गरेको छ । बझाङले ४ रजत तथा ११ कास्य पदक जित्दै नगद १० हजार तथा ट्रफी र मेडल प्राप्त गरेको छ । यस्तै चौथो स्थान प्राप्त गर्न सफल बैतडीले ३ स्वर्ण, ६ रजत तथा ७ कास्य पदक पाएको छ ।
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सामाजिक बिकास मन्त्रालयका सचीव डा.हेमराज रेग्मीले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै