“सिनेमा संवाद ” धनगढीमा, सुदूरपश्चिममा चलचित्र चेतना फैलाउने प्रयास

धनगढी, कैलाली — सुदूरपश्चिम प्रदेशमा चलचित्र चेतना विस्तार गर्ने उद्देश्यले ‘सिनेमा संवाद २’ कार्यक्रम धनगढीमा आयोजना हुने भएको छ। चलचित्र पत्रकार संघको आयोजनामा हुन लागेको सो कार्यक्रम जेठ ३१ गते धनगढीको रूपस होटलमा हुनेछ।

चलचित्र पत्रकार संघका अध्यक्ष पुष्पराज जोशीका अनुसार, ‘सिनेमा संवाद ’ केवल चलचित्र प्रदर्शनको कार्यक्रम नभई फिल्म निर्माता, निर्देशक, कलाकार, पत्रकार, विद्यार्थी र स्थानीय समुदायबीच खुला संवाद र बहसको प्लेटफर्म हुनेछ। कार्यक्रमले चलचित्रको सन्देश, निर्माण प्रक्रिया, सामाजिक प्रभाव र बजारको चुनौती लगायतका विषयमा गहिरो छलफल गर्नेछ।

जोशीका अनुसार, सुदूरपश्चिममा बढ्दो चलचित्र चासोलाई व्यवस्थित ढंगले अघि बढाउने र स्थानीय प्रतिभालाई अभिव्यक्तिको अवसर दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। “चलचित्र केवल मनोरञ्जनको साधन होइन, यो समाज परिवर्तनको सशक्त माध्यम हो,” जोशीले बताए।

कार्यक्रममा सहभागी सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। आयोजकहरूले सिनेमा र समाजका बीच गहिरो सम्बन्ध स्थापित गर्न र सुदूरपश्चिममा चलचित्र चेतना फैलाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै