खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष दिनेश बिष्टसहित १० जना सम्मानित

धनगढी — खेल पत्रकारितामार्फत सुदूरपश्चिमको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष दिनेश बिष्टसहित १० जनालाई सम्मान गरिएको छ। नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले बिष्टलाई सम्मानपत्र प्रदान गरेका थिए।
सोही अवसरमा छैठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पहिलो स्वर्ण पदक दिलाउने फुटबलका पूर्व राष्ट्रिय खेलाडी दिपेश ‘डेभिट’ खड्का, क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र दडिमाना क्षेत्री, भलिवल प्रशिक्षक प्रेमराज जोशी, उसु प्रशिक्षक रतन खाती, कराते प्रशिक्षक तथा कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री, बक्सिङ प्रशिक्षक बम बहादुर बोगटी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगत धामी, र खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष दिनेश बिष्ट सम्मानित भएका हुन्।

त्यसैगरी, उत्कृष्ट जिल्लाका रूपमा कैलालीका नेपाल खेलकुद महासङ्घ अध्यक्ष भुपेन्द्र चन्द र सांगीतिक क्षेत्रतर्फ सजल कला केन्द्रकी सञ्चालिका पुस्पा बडैलालाई पनि सम्मान गरिएको थियो।

कार्यक्रम नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रकाश चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहाल, सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र रावललगायतले शुभकामना मन्तव्य राखेका थिए।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै