८०० मि. दौडमा काँस्य पदक जित्दै एरिष्टोकी रचना बोहराको राष्ट्रिय सफलता!

धनगढी । काठमाडौँमा सम्पन्न यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता २०८२ अन्तर्गत ८०० मिटर दौडमा एरिष्टो इङ्लिस हाई स्कूलकी छात्रा रचना बोहराले काँस्य पदक (Bronze Medal) जित्दै विद्यालय तथा सुदूरपश्चिम प्रदेशको गौरव बढाएकी छन्।

उनको मिहिनेत, समर्पण र आत्मविश्वासले आज सम्पूर्ण विद्यालय समुदाय र सुदूरपश्चिमवासीलाई गर्व गर्ने अवसर दिएको छ।

रचनाको यो उपलब्धि अन्य बालबालिकाका लागि प्रेरणादायी बन्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।
एरिष्टो परिवारले रचना बोहरालाई हार्दिक बधाई दिँदै उनको उज्ज्वल भविष्यको कामना गरेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै