सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्षका लागि ३३ अर्ब ४७ करोडको बजेट प्रस्तुत

धनगढी, असार १
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ७० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाले उक्त बजेट प्रस्तुत गरेका हुन्।

बजेटमध्ये ३०.४८ प्रतिशत अर्थात् १० अर्ब २० करोड ८१ लाख रुपैयाँ चालु खर्चका लागि छुट्याइएको छ भने ५९.२३ प्रतिशत अर्थात् १९ अर्ब ८३ करोड २ लाख रुपैयाँ पुँजीगत खर्चमा विनियोजन गरिएको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थापनतर्फ एक करोड रुपैयाँ विनियोजन गरिएको छ।

राजस्व स्रोतको प्रमुख हिस्सा नेपाल सरकारबाट राजस्व बाँडफाँडमार्फत प्राप्त हुने ९ अर्ब ८७ करोड २५ लाख रहेको छ। यसका साथै सरकारी वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९२ करोड ५६ लाख प्राप्त हुने अनुमान गरिएको छ।

अन्य अनुमानित स्रोतहरूमा चालु आर्थिक वर्षको बचत ७ अर्ब ६६ करोड ६३ लाख, सशर्त अनुदानबाट ४ अर्ब ३ लाख, आन्तरिक राजस्व १ अर्ब ६५ लाख, संघीय समपूरक अनुदान ६० करोड २६ लाख र विशेष अनुदान ५१ करोड ६० लाख रहेको छ।

सरकारले प्रस्तुत गरेको बजेटले प्रदेशको विकास, सेवा प्रवाह, पूर्वाधार निर्माण र सामाजिक सुरक्षा जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै