त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो।

टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ।

अभ्यासको क्रममा सोमपाल कामी र गुलसन झा घाइते भएपछि किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले यस सिरिजमा अवसर पाएका छन्।

नेपालले सिरिजमा नेदरल्यान्ड्स र स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै