धनगढी वडा क्लिनिकमा ५७४ जनाले लिए विशेषज्ञ सेवा, गर्भवती महिला र जेष्ठ नागरिकको सहभागिता उल्लेख्य

धनगढी । धनगढी उपमहानगरपालिकाले वडा नम्बर १८ र १९ मा सञ्चालन गरेका विशेषज्ञ चिकित्सक सहितको वडा स्वास्थ्य क्लिनिकमा ५७४ जनाले स्वास्थ्य सेवा लिएका छन्।

उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार असार १ गते वडा नम्बर १९ स्थित स्वास्थ्य चौकीमा आयोजित क्लिनिकमा ३४२ जनाले सेवा लिएका थिए। तीमध्ये १२० जना महिला, ४४ जना नयाँ पुरुष बिरामी र १७८ जना पुराना बिरामीको फलोअप चेकजाँच गरिएको हो।

यस्तै, असार २ गते वडा नम्बर १८ को फुलवारीस्थित डिपो बजारको आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको क्लिनिकमा २३२ जनाले सेवा लिएका छन्। क्लिनिकमा ७६ महिला, २० जना नयाँ पुरुष र १३६ जना फलोअप बिरामीको स्वास्थ्य परिक्षण गरिएको थियो।

मेयर गोपाल हमालको नेतृत्वमा उपमहानगरपालिकाले हरेक वडामा महिनामा एक पटक विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको छ। क्लिनिकमा जनरल फिजिसियन, स्त्रीरोग र नेत्र रोग विशेषज्ञ सेवा उपलब्ध हुँदै आएको उपमहानगरले जनाएको छ।

वडा क्लिनिकहरूमा गर्भवती महिला र जेष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता देखिएको छ। साथै, उपमहानगरपालिकाले वडामै पोर्टेबल प्रयोगशालाको व्यवस्था समेत गरेको छ। प्रयोगशालामा हालसम्म ७० वर्षभन्दा माथिका १५० जना भन्दा बढी जेष्ठ नागरिकहरूले सेवा लिइसकेका छन्।

स्थानीय तहमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने यो अभियानले नागरिकहरूलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै