सेती अस्पतालमा निस्शुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

धनगढी, कैलाली — सेती प्रादेशिक अस्पताल, धनगढीमा निस्शुल्क प्लास्टिक सर्जरी (अपरेशन) शिविर सञ्चालन हुने भएको छ। असार ९ गते बिहान १० बजेदेखि बिरामीको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिने फेक्ट नेपाल, रिसर्च परियोजनाका फिल्ड संयोजक कैलाश खाकी श्रेष्ठले जानकारी दिए।

फेक्ट नेपाल, कीर्तिपुर अस्पताल (काठमाडौँ) र सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा सञ्चालन हुने यस शिविरमा जन्मजात तथा दुर्घटनाबाट ग्रस्त व्यक्तिहरूको निःशुल्क उपचार गरिनेछ। शिविरमार्फत ओठ तथा तालु चिरिएका बिरामी, आगोले पोलिएको भाग आपसमा टाँसिएको (पोस्ट बर्न कन्ट्र्याक्चर) अवस्थाका बिरामी, औँला जोडिएका वा बढी भएका, पहिले अपरेशन गरेर पनि पूर्ण सुधार नआएका तथा नाक, कान, हात, खुट्टालगायत शारीरिक अङ्गमा जन्मजात विकृति भएका बिरामीको सर्जरी गरिनेछ।

शिविरमा सहभागी हुन चाहने बिरामीहरूलाई तोकिएको मितिमा अस्पतालमा उपस्थित भई प्रारम्भिक परीक्षण गराउन आग्रह गरिएको छ। थप जानकारीका लागि ९८५८२०६०६०, ९८५८२३३२७५ वा ९८४७७३७३७७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

 

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै