डोटीको भगवती माविमा ७ दिने उद्घोषण तालिम सम्पन्न, विद्यार्थीको वाक कला विकासमा टेवा

डोटी । डोटीको आदर्श गाउँपालिका–५, तलारामा रहेको भगवती माध्यमिक विद्यालयले आयोजना गरेको ७ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ।

विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी संचालन गरिएको तालिम शुक्रबार सम्पन्न भएको हो। तालिममा सुदर्शन टेलिभिजन धनगढीका सम्पादक गिरिजा प्रसाद पनेरुले प्रशिक्षण दिएका थिए।

समापन समारोह विद्यालयका प्रधानाध्यापक टेकबहादुर सिंहको अध्यक्षता र प्रशिक्षक पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विद्यालयका सूचना अधिकारी लालमनी जोशीका अनुसार तालिमले विद्यार्थीहरूको आत्मविश्वास र वाक कला दुवैमा उल्लेखनीय सुधार ल्याएको छ। प्रधानाध्यापक सिंहले तालिमबाट विद्यार्थीहरू उद्घोषण क्षमतामा अब्बल बन्ने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै