आज यी प्रदेशमा हुनेछ वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, असार ९ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज देशका विभिन्न भागमा वर्षा हुने मौसमविद्‌हरूले जनाएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आज आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेष गरी बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको बताइएको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने सम्भावना छ।

मौसमको यस स्थितिका कारण नदीहरूको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता विपद्‌का जोखिम देखिएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाले जनस्वास्थ्य, कृषि, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवनमा हुन सक्ने असुविधा र जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै