बझाङको त्रिवेणी क्याम्पसमा दुई दिने आत्मरक्षा तालिम सम्पन्न, छात्राहरूमा आत्मविश्वास अभिवृद्धि

बझाङ — महिला हिंसा विरुद्धको अभियान तथा स्वतन्त्र विद्यार्थी युनियनको चाहना भन्ने नारासहित बझाङको बुङ्गल नगरपालिका–स्थित त्रिवेणी आदर्श बहुमुखी क्याम्पसमा दुई दिने आत्मरक्षा तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

स्ववियुको आयोजनामा सम्पन्न तालिममा क्याम्पस तथा माध्यमिक तहमा अध्ययनरत २५ जना छात्राहरूले सक्रिय सहभागिता जनाएका थिए। प्रशिक्षकका रूपमा सबिन रावत र निर्मला थापाले प्रशिक्षण दिएका थिए।

कार्यक्रमका सभाध्यक्ष तथा स्वतन्त्र विद्यार्थी युनियनका सभापति चन्द्र बोहराले समाजमा महिलामाथि भइरहेका हत्या, हिंसा, बलात्कारजस्ता घटनाबाट जोगिन तालिम सहायक हुने विश्वास व्यक्त गरे। “आत्मरक्षा तालिममार्फत छात्राहरूमा आत्मविश्वास र सुरक्षा चेतना बढाउन सकिन्छ,” उनले भने।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व सभापति करिना भण्डारीको उपस्थिति थियो भने युनियनकी सदस्य मनिषा कुमारी बोहरा लगायत प्रशिक्षार्थीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

छात्राहरूको आत्मरक्षा सीप विकासका साथै सामाजिक सशक्तिकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले गरिएको तालिम सहभागीहरूद्वारा अत्यन्त प्रेरणादायी तथा उपयोगी ठहरिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै