धनगढी ।धनगढी उपमहानगरपालिका–५ जाईमा रहेको शैलेश्वरी ईङ्ग्लिस बोर्डिङ स्कुलले आफ्नो पहिलो ब्याचमै उल्लेख्य सफलता हात पारेको छ। विद्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ९३.३३ प्रतिशत नतिजा हासिल गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार, पहिलो पटक एसईईमा सहभागी उक्त विद्यालयका १५ विद्यार्थीमध्ये १४ जना उत्तीर्ण भएका छन्। विद्यालय प्रशासनका अनुसार, उत्तीर्ण विद्यार्थीमध्ये ४ जना ३.६० देखि ४.०० जिपिएसम्म, ७ जना ३.२० देखि ३.६० जिपिएसम्म, २ जना २.८० देखि ३.२० जिपिएसम्म र १ जना २.४० देखि २.८० जिपिएसम्म ग्रेड ल्याएका छन्।
विद्यालयले यस सफलताले आगामी दिनमा शिक्षाको गुणस्तर अझ उचाइमा पुर्याउन थप प्रेरणा मिलेको बताएको छ।