नृत्य निर्देशक सुरज शाहलाई मातृशोक, उपकुलपति जोशीद्वारा घरमै पुगेर श्रद्धाञ्जलि

कैलाली — रविन कला केन्द्रका सञ्चालक तथा वरिष्ठ नृत्य निर्देशक सुरज शाहलाई मातृशोक परेको छ।

शाहकी आमा सीतादेवी शाहको ६९ वर्षको उमेरमा आइतबार बिहान कैलालीको गेटास्थित आफ्नै निवासमा निधन भएको हो। उनी लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिइन्।

स्वर्गीय शाहको पार्थिव शरीरमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले आइतबार घरमै पुगेर रामनामी ओढाउँदै अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए। साथै, उपकुलपति जोशीले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका थिए।

शाहको अन्त्येष्टि आइतबार दिउँसो गोदावरीधाममा गरिएको थियो। अन्त्येष्टिमा समाजसेवी, साहित्यकार, कलाकार, शुभेच्छुक तथा आफन्तहरूको बाक्लो उपस्थिति रहेको थियो।

स्वर्गीय सीतादेवी शाह सिर्जनशील गड्सेरी समाजका अध्यक्ष भोजबहादुर शाहकी धर्मपत्नी हुन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै