नेपाल आयल निगमले पेट्रोलमा ५ र डिजेलमा ४ रुपैयाँले मूल्य बढायो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। आज रातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ४ रुपैयाँले महँगो बनाइएको छ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएको भन्दै निगमले आन्तरिक बजारमा समेत मूल्य समायोजन गरेको जनाएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ पुगेको छ।

यसैगरी, हवाई इन्धन अन्तरराष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले बढाइएको निगमले जनाएको छ।

नेपाल आयल निगमका अनुसार इन्डियन आयलबाट प्राप्त पछिल्लो बिलिङ्गअनुसार लागत मूल्य बढेकाले उपभोक्ता मूल्यमा समायोजन गरिएको हो।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै