
धनगढी । धनगढीको नास्ट माध्यमिक विद्यालयबाट कक्षा १२ को परिक्षा दिएका ६०१ जना परीक्षार्थीमध्ये ४१६ जना विद्यार्थी उर्तिण भएका छन् । विद्यालयको उर्तिण प्रतिशत ६९.२१ रहेको विद्यालयले जनाएको छ।
विज्ञान समूहबाट २८६ र व्यवस्थापन समूहबाट १३० जना विद्यार्थीले परीक्षा उर्तिण गरेका छन्। यस वर्ष कुल ४२ जना विद्यार्थीले ‘ए प्लस’ ग्रेड हासिल गर्न सफल भएका छन्।
विज्ञान समूहतर्फ कपिल भण्डारीले सबैभन्दा उच्च ३.९५ जीपीए ल्याएर विद्यालय टपर बनेका छन् भने व्यवस्थापन समूहमा उत्सव अग्रवाल र रोशनी रावलले समान ३.८६ जीपीए ल्याउँदै समूह टपरको स्थान सुरक्षित गरेका छन्।