शैलेश्वरी ई–बो स्कुलमा ‘बुक फ्री फ्राइडे’ सहित कृष्ण जन्माष्टमी विशेष कार्यक्रम

धनगढी–५ जाईस्थित शैलेश्वरी ई–बो स्कुलले शुक्रबार विभिन्न गतिविधि सहित ‘बुक फ्री फ्राइडे’ मनाएको छ। विद्यार्थीको सर्वांगीण विकासका लागि हरेक शुक्रबारलाई ‘बुक फ्री फ्राइडे’का रूपमा मनाउँदै आएको विद्यालयले यसपटक पूर्व–प्राथमिक तहका विद्यार्थीलाई कृष्ण जन्माष्टमी पर्व विशेष कार्यक्रममा सहभागी गराएको छ।

कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई कपडा मिलाउने, दाँत ब्रस गर्ने तरिका र सरसफाइ गर्ने जस्ता व्यावहारिक गतिविधि सिकाउँदै अभ्यास गराइएको विद्यालयले जनाएको छ। त्यसैगरी माथिल्लो कक्षाका विद्यार्थीहरूले विद्यालय वरिपरि १,००० मिटर क्षेत्रमा सरसफाइ तथा सडकमा रोपिएका बिरुवा गोडमेल गरेका थिए।

कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई फुटसल खेलमा सहभागी गराइएको विद्यालयका प्रिन्सिपल जगन्नाथ जोराले जानकारी दिए। साथै कृष्ण जन्माष्टमीको अवसर पारेर विद्यालय प्रांगणमै देउडा कार्यक्रमको आयोजना गरिएको थियो। विद्यार्थीलाई देउडा खेल्न सिकाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको विद्यालयले जनाएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै