सि.पि. अस्पताल र धनगढी क्रिकेट एकेडेमी बीच उपचारमा छुट दिने सम्झौता

धनगढी । धनगढी–३ संगम टोलस्थित सि.पि. अस्पताल र धनगढी क्रिकेट एकेडेमीबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएको छ । शनिबार अस्पताल प्रशासन प्रमुख हेमराज जोशी र एकेडेमीका म्यानेजर सन्दिप भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार धनगढी क्रिकेट एकेडेमीका खेलाडी, कर्मचारी तथा पदाधिकारीहरूले सि.पि. अस्पतालमा उपचार गर्दा ५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । फार्मेसीमा न्यूनतम ५ प्रतिशतदेखि ओपीडी र सामान्य बेड भर्नासम्म २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

अस्पतालले नव–निर्मित भवनमार्फत आइसियु, एनआइसियु, आधुनिक सिटी स्क्यान, इन्डोस्कोपी, अत्याधुनिक शल्यक्रिया, २४ घण्टा आपतकालीन सेवा, नियमित ओपीडी लगायत सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै