
धनगढी । धनगढीमा हुने नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन गरिएको छ । १४ बर्षपछि धनगढीमा हुन लागेको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि धनगढीको एसपिए रोडमा सचिलावय उद्घाटन गरिएको हो ।
उक्त सचिवालयको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका केन्द्रिय सचिव शम्भु लामिछानेले उद्घाटन गरे । सचिवालय उद्घाटनपश्चात बोल्दै लामिछानेले पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवलाई सबैले मिलेर सफल पार्नुपर्ने बताए । उनले महोत्सवले शिक्षा क्षेत्रको विकास र विस्तारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष पडालले धनगढीको शैक्षिक वातावरणलाई थप उचाईमा पु¥याउन शैक्षिक महोत्सव आयोजना गर्न लागिएको बताए ।
सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नाराका साथ हुन लागेको उक्त शैक्षिक महोत्सव पुस ९ गतेदेखि १५ गतेसम्म धनगढीमा आयोजना हुदैछ । यसअघि धनगढीमा २०६७ सालमा शैक्षिक महोत्सव गरिएको थियो ।