
कैलाली । कैलालीको लम्की चुहा–०८, बचैलामा पुष्पाञ्जलि युवा क्लबको आयोजनामा दोस्रो पुष्पाञ्जलि कप २०८१ यहि माघ २५ गतेदेखि सुरु हुने भएको छ। क्लबले जारी गरेको सूचनाअनुसार प्रतियोगिता खुल्ला प्रकारको हुनेछ, जसमा विभिन्न टिमहरूले सहभागी भई खेलको शोभा बढाउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद ३५,१०१ रुपैयाँ र द्वितीय स्थान प्राप्त गर्ने टिमले १६,१०१ रुपैयाँ पाउनेछ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, र उत्कृष्ट डिफेन्डरलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
टिम दर्ता माघ २० देखि २४ गते बिहान ११ बजेसम्म अनलाइनमार्फत गर्न सकिनेछ। दर्ता शुल्क ४,००० रुपैयाँ धरौटीसहित रहेको छ। खेल पुष्पाञ्जलि युवा क्लबको आफ्नै खेलमैदानमा हुनेछ भने माघ २४ गते क्लबको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
प्रतियोगिता पोल नकआउट चरणमार्फत सञ्चालन हुनेछ भने खेलाडीलाई चोटपटक लागेमा उनीहरू स्वयं जिम्मेवार हुनेछन्। खेलका नियमहरू पालना गर्नुपर्नेछ र कुनै विवाद उत्पन्न भएमा आयोजक समितिको निर्णय अन्तिम मानिनेछ।